Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कार्तिक ३० गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | ३० कार्तिक २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल कार्तिक ३० गते, कार्तिक शुक्ल तृतिया तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज धार्मिक यात्राको र कूटनीतिक नियोगको सहयोग मिल्ने योग रहेको छ। आफन्तको पनि सहयोग प्राप्त होला। साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ।

वृष – तपाइको आज नियमित खर्चसमेत बढ्नाले मनमा निराशा र शरीरमा आलस्यता आउन सक्छ। कार्यमा बाधा आउनाले अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने छ।

मिथुन - तपाईको आज शत्रु क्षय हुनेछन, कुनै समाचारले मनमा शान्ति छाउने र नजिकको मित्रसँग भेटघाट हुनेछ। चिन्ता छाडेर चिन्तन गर्ने समय रहेको छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज व्यवसायको सन्दर्भमा रमाइलो यात्रा पनि हुनेछ, अतिथिको रूपमा सत्कार पाइने छ भने भौतिक साधन जुटाउने समय रहेको छ।

सिंह – तपाईको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला, जोशजाँगर र हिम्मत बढ्ला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ।

कन्या - कन्या राशीका तपाईको आज काम बिगार्नेको सक्रियता बढी रहेको छ। सानातिना समस्यामा अल्झनुपर्ने र स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु उचित होला।

तुला - तपाइको आज रोजगारको अवसर मिल्ला, शुभारम्भको चर्चा हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन जाने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन।

वृश्चिक – तपाईको आज लत्ता कपडामा खर्च बढ्नेछ, रोकिएका काम पुनः सुरु हुन हुनेछन। बुद्धिको उपयोगले जटिल कामसमेत सम्पादन होला।

धनु – तपाइको आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनसक्छ, लाभदायक यात्रा भने हुनेछ। बिना प्रतिस्पर्धा फाइदा होला। परिवार सँग रमाइलो भेटघाट होला।

मकर - मकर राशीका तपाइको आज व्यवसायमा मन्दी आउनेछ, शरीरमा स्फूर्ति र उमङ्गको कमी होला। आँटेको काममा बाधा आउला। सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज ब्यापार व्यवसायबाट आम्दानी हुनेछ, वैदेशिक कार्य अघि बढ्ने र कला तथा गलाको प्रभाव बढ्ने  र शुभ समाचार सुन्न पाइने समय छ।

मिन – तपाइको आज प्रेमीको सहयोग पाइएला, आँटेको र ताकेको कार्य पुरा होलान। राजनीतिक कार्यमा सफलता मिल्ने तथा जोशजाँगर र हिम्मत बढेर जानेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप