Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज जेठ ११ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | ११ जेष्ठ २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल जेठ ११  गते, जेठ शुक्ल षष्ठी तिथी बिहिबार। आज भोटो देखाउने जात्रा । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज आफन्त सँग मनमुटाव हुने र स्वास्थ्य प्रतिकूल रहन सक्ने छ, स्वस्थ प्रति सचेत रहनु आवश्यक छ, शेयर बजारको लगानी राम्रो होला।

वृष - तपाईको आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्लान। आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र पछि सफलता मिल्ने समय छ।

मिथुन - तपाईको आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने र अध्ययन, प्राविधिक कार्यमा रुचि बढ्नु का साथै परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी  आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण व्यतित होला। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुका साथै। श्रद्धा र भक्ति भाव पनि बढ्ने योग छ।

सिंह – तपाईले आज समान हराउन सक्ने र आज बन्नु पर्ने काममा व्यवधान आउन सक्ने सम्भावना छ, तर साँझमा शुभकार्यको चर्चा चल्ने र आफन्तको सहानुभूति मिल्न सक्छ।

कन्या - कन्या राशीका तपाइँको आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने, रमाइलो यात्राको सम्भावना र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने योग छ।

तुला - आज तपाइलाई परिवारजनको साथले नयाँ आशा दिनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ। छोटो यात्राको योजना पनि बन्न सक्छ।

वृश्चिक – तपाईको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। लाभदायक यात्राको सम्भावना र आफन्तसँग भेटघाटलाई नकार्न सकिँदैन

धनु – तपाइको आज पुराना मित्रले व्यर्थको विवाद र कुरा काट्लान। समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ने र वैदेशिक काम भने राम्रै हुने समय छ।

मकर - मकर राशीका तपाईको आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइ, बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुने सम्भावना छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज रोकिएका काम पुनः सुरु हुनेछन। तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने र जग्गाको कारोबारबाट राम्रो फाइदा हुने समय छ।

मिन - तपाईको आजको शुभारम्भको चर्चा हुनेछ। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्ने र धर्मकर्म तथा समाजसेवामा मन जानेछ भने छोटो यात्राको अवसर मिल्ला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप