शुभ बिहानी, आज २०८० साल पुस ४ गते, मंसिर शुक्ल अष्टमी तिथी बुधबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको आज घरायसी समस्या बढ्नाले सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन आउला।
मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्नेछ।
वृष – तपाइको आज साँझमा पैसा खर्च
हुनसक्छ, स्थान परिवर्तनका विशेष योग देखिएको छ। रोकिएको धन हात पर्ने र
मनोरञ्जनमा सहभागी भइनेछ।
मिथुन - तपाईको आज धनार्जनका नयाँ
स्रोतहरू पत्ता लाग्लान। परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइएला। रोकिएका अधुरा कामहरू पुरा होलान।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज दैनिक कार्यमा प्रगति होला। कुनै समाचारले मनमा खुसियाली छाउनाले
धार्मिक कार्य सफल रहनेछन् भने न्यायिक कार्यमा पनि सफलता पाइएला।
सिंह – तपाईको आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष
गर्नु पर्नेछ। मन भावुक र उत्ताउलो हुने
हुनाले
आफूलाई अनुशासित र संयम
बनाउनु होला।
कन्या – कन्या राशी
हुनेहरुको लागी आज शुभ र नयाँ कार्यको चर्चा हुनेछ। आस मारेको काम बन्न सक्छ। अचल सम्पत्ति हात
पर्ने योग रहेको छ। आँटेको र ताकेको कार्य पुरा होला।
तुला - तपाइको आज पढाइ लेखाइमा प्रगति होला। धार्मिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ।
मिलनसार साथीको सहयोगले कार्य सिद्ध होला।
वृश्चिक – तपाईले आज अरुको मन जित्न सक्नुहुनेछ। शुभ समाचार सुन्न पाइने र परिवारजनको साथले
नयाँ आशा जगाउनेछ भने नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ।
धनु – तपाइको आज पढाइलेखाइमा पनि समय
दिन नसकिएला। साथीभाइबाट धोका हुनेछ, आर्थिक पक्ष र शेयर बजारबाट लाभ नहुने देखिएको
छ।
मकर - मकर राशीका तपाइको आज सन्तान सुख मिल्नेछ धार्मिक तथा समाजसेवामा मन जानेछ भने राजनैतिक
कार्यमा सफलता मिल्ला। साहित्यिक क्षेत्रमा पनि रुचि बढ्ने देखीन्छ।
कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ र शुभकार्यको चर्चा पनि हुनेछ। रमाइलो यात्राको योग छ। कार्य सम्पादनमा सहजता
मिल्ने र मित्रबाट विशेष सहयोग पाइनेछ।
मिन – तपाइको आज वैदेशिक कार्य र वित्तिय संस्थाबाट सफलता पाइनेछ। नयाँ कार्यको योजना बन्ने र बोलीको प्रभाव बढ्नुका साथै स्वादिष्ट भोजनको योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता