Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ २१ गते बिहिबारको राशीफल।

  •   ३ वर्ष अघि | २१ भदौ २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल भदौ २१ गते, भदौ कृष्ण अष्टमी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज रोजगारको अवसर पाइएला। महिला वर्गबाट विशेष सहयोग मिल्ला। वित्तिय संस्थाबाट सहयोग पाइनुका साथै अरुलाई प्रभावित पारेर काम बन्ने योग छ।

वृष – तपाइको आज मङ्गल कार्य गरिने, चिताएको कामले तीव्रता लिने, व्यापार, व्यवसायबाट फाइदा लिन सकिने र महिला मित्रबाट विशेष सहयोग मिल्ने समय छ।

मिथुन - तपाई आज व्यर्थको यात्रामा जान बाध्य हुनुपर्ला। मन खिन्न हुने स्थिति आउला। नजिकको व्यक्तिबाट धोका पाइने र पेट सम्बन्धी समस्या आउनेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन होलान। आयआर्जनका क्षेत्रमा सुधार आउला। सफल यात्राको योग रहेको छ।

सिंह – तपाईको आज अचल सम्पत्ति हात पर्न सक्ला। धार्मिक कार्यमा रुचि बढ्ने तथा वित्तिय संस्थाबाट सहयोग पाइएला प्रेम र मित्रताको बन्धन कसिने समय रहेको छ।

कन्या - कन्या राशीका तपाईको आज शुभकार्यको चर्चा हुनेछ। नयाँ काम वा रोजगार नपाइन सक्ला। सामाजिक कार्यमा सफलता मिल्ने र जोशजाँगर तथा हिम्मत पनि बढेर जाला।

तुला - तपाइको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। दाम्पत्य जीवन सुखमय होला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र मान प्रतिष्ठामा वृद्धि हुने देखिन्छ।

वृश्चिक – तपाईको आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति होला। अरुलाई प्रभावित पारेर काम बन्ने र कला तथा गलाको प्रभाव बढ्ने तथा धन पनि हात लाग्न सक्ने सम्भावना छ।

धनु – तपाइको आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्ने तथा धर्म, कर्म तथा समाजसेवामा मन जाने र उपकार गरेर अरुको मन जित्न सकिने समय छ।

मकर - मकर राशीका तपाइको आज शुभकार्यको चर्चा हुनेछ। आफन्तसँग भेटघाट होला। सफल यात्रा र उपहार पाइने सम्भावना रहेको छ। मनमा शान्ति पनि पनि छउनसक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहने छ। मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्न पाइएला।

मिन – तपाइको आज विद्या र बुद्धिको विकास होला। मङ्गल कार्य हुने, पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइने र रोजगारको अवसर पनि मिल्ने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप