Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस १२ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | १२ पुस २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल पुस १२ गते, पुस कृष्ण प्रतिपदा तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पाइनेछ। चिताएको कामले तीव्रता लिनुका साथै परिश्रमअनुसार उपलब्धि पनि राम्रै होला।

वृष – तपाइको आज आजको दिनमा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला। दिनको समयमा भोजभतेरमा सहभागी हुनुपर्नेछ। हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ।

मिथुन - तपाईको आज दाम्पत्य सुखमा रमाउने समय रहेको छ। धर्मकर्ममा रुचि बढ्नुका साथै शुभ समाचार सुन्न पाइनेछ। मित्रताको बन्धन कसिलो होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विचार पुर्याएर निर्णय लिनु राम्रो हुनेछ। मनमा दोधारको अवस्था सिर्जना होला। दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्नेछ।

सिंह – तपाईको आज रमाइलो र खानपिनको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पनि हुनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्न सक्छ।

कन्या – कन्या राशी हुनेहरुको लागी आज परिवारजनको साथले नयाँ आशा दिनेछ। धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिएको छ।

तुला - तपाइको आज जटिल ठानिएको काम सम्पादन हुनसक्छ। विवाद र प्रतिस्पर्धामा राम्रो सफलता पाइएला। सभा समारोहमा सरिक हुने सम्भावना रहेको छ।

वृश्चिक – तपाईको आज न्यायिक कार्य कमजोर नै रहनेछ। रोकिएका कमहरूले चिन्ता बढाउने र पठनपाठन तथा चिन्तनमननमा ध्यान केन्द्रित नहुनसक्ला।

धनु – तपाइको आज नोकरी गर्नेले मानसम्मान पनि पाउनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। लाभदायक भेटघाटलाई नकार्न सकिदैन।

मकर - मकर राशीका तपाइको आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज मनमा शान्ति पनि छाउला।

शुभकार्यको चर्चा हुनेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्न सक्छ।

मिन – तपाइको आज खानपिनमा सावधानी अपनाउनु पर्नेछ। सामान हराउने तथा आफूलाई कमजोर भएको अनुभूति होला। आफन्त सँग मनमुटाव बढ्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप