Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज असोज २ गते मंगलबारको राशीफल।

  •   ३ वर्ष अघि | २ असोज २०८०, मङ्लबार

शुभ बिहानी, आज २०८० साल असोज २ गते, भदौ शुक्ल चतुर्थी तिथी मंगलबार । आज ऋषी पञ्चमी । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहुनेछ। स्वादिष्ट भोजन पाइएला। एउटै कामबाट दोहोरो लाभ होला। पुँजी बजारमा पनि फाइदा हुने देखिन्छ।

वृष  तपाइको आज सरकारी निकायको भय होला। व्यवसायमा नोक्सानी हुनसक्छ। परिवारमा झैझमेलाको अवस्था आउने र साँझमा शुभ समाचार पाइएला।

मिथुन - तपाई आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। मनोरञ्जनमा सहभागी भइनेछ। पारिवारिक सद्भाव बढ्ने र  व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्नेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज बन्न लागेको काम बिग्रन सक्छ। प्रेममा बाधाका साथै मन कमजोर होला। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गरिएला।

सिंह तपाईको आज दाम, इनाम र प्रतिष्ठा कमाउने, न्यायिक कार्यमा सफलता मिल्ने, आफन्त सँग भेट घाट हुने र शुभकार्यको चर्चा पनि हुने समय छ।

कन्या - कन्या राशीका तपाईको आज प्रेमीको सहयोग प्राप्त होला। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। अचल सम्पत्ति हात पर्ने र आँटेको र ताकेको कार्य पुरा हुने योग छ।

तुला - तपाइको आज दाम, इनाम र प्रतिष्ठा कमाउने, शुभकार्यको चर्चा चल्ने, परिवारमा सुख सन्तोष छाउने, कला र गलाको प्रभाव पनि बढ्ने बेला छ।

वृश्चिक  तपाईको आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। ठुलो कारोबारमा लगानी नगर्दा वेश होला। वैदेशिक कार्य चैं सम्पादन होला।

धनु  तपाइको आज नयाँ कार्यको थालनी होला। लगनशीलताले कामहरू अगाडि बढ्नलान। वित्तिय संस्थाबाट सहयोग पाइएला। पदोन्नतिको हुनसक्छ।

मकर - मकर राशीका तपाइको आज रोकिएको धन पाइन सक्ने, धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्ने र अतिथिको रूपमा सत्कार पनि पाइने समय छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज शुभ समाचार सुन्न पाइनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्ने र राज्यबाट मान सम्मान पाइने तथा सामाजिक क्षेत्रमा सफलता मिल्ने योग छ।

मिन सुन्दर पहिरनले तपाइको आज व्यक्तित्वमा निखारता ल्याउला। आकस्मिक धन लाभ होला। जोशजाँगर र हिम्मत बढ्ने तथा प्रेम जीवन सुखमय रहनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप