शुभ बिहानी, आज २०८० साल असोज २८ गते, असोज शुक्ल प्रतिपदा तिथी आइतबार । आज घटस्थापना तथा नवरात्र आरम्भ । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज पुनर्मिलनको
योग रहेको छ भने सहयोगी हातहरू अघि बढलान। आफन्तको प्रगतिमा मन रमाउने र व्यापार
व्यवसाय सामान्य हुनेछ।
वृष – तपाइको आज बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत
सम्पादन होला, शुभ समाचार सुन्न पाइएला। मित्रबाट विशेष सहयोग पाइनेछ।
मिथुन - तपाईको आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनाने
इच्छा र आकाङ्क्षा पूर्ण होलान। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्नेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज शुभ कार्यको
चर्चा हुनेछ, विद्या र बुद्धिको कमी होला तर प्रेममा समेत अविश्वासको वातावरण
सिर्जना हुनसक्छ, स्वास्थ्यमा धन खर्च होला।
सिंह – तपाईको आज
राजनैतिक कार्यमा सफलता मिल्ने र कुनै कुराले मनमा शान्ति छाउला। आम्दानी बढाउने
कामको योजना बन्नेछ।
कन्या - कन्या राशीका तपाईको आज काम देखाएर अरूको मन लोभ्याउन सकिएला, धर्मकर्म र
सामाजिक कार्यमा मन जाने र साहित्यिक क्षेत्रमा रूचि बढ्ने योग छ।
तुला - तपाइको आज आफ्नै
दक्षतामा कार्यहरू सम्पन्न होलान, मनोरञ्जन पूर्ण दिन रहला। रोकिएको काम
दोहोर्याएर प्रयत्न गर्दा फाइदा होला।
वृश्चिक – तपाईको आज शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ आफ्नो
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ भने स्वास्थ्य तथा सौन्दर्यतामा धन
खर्च होला।
धनु – तपाइको आज व्यावसायिक काममा राम्रै हुने र योजना बन्ने, साथी
भाइको भेटघाटले मन प्रफुल्ल रहने तथा धार्मिक कार्यमा मन जानेछ समय छ।
मकर - मकर राशीका तपाइको आज बन्धु
बान्धवबाट सहयोग मिल्नाले धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। जोशजाँगर र हिम्मत
बृद्धी होला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज एकपछि अर्को अवसर
आउनाले मन प्रसन्न रहला, आँटेको र ताकेको कार्य अघि बढ्ने र पारिवारिक सहयोग र
सद्भाव बढेर जाला।
मिन –
तपाइको आज योजना
गोप्य राखेर अघि बढ्नु राम्रो होला, अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्ने तथा
झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता