Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असार ३० गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | ३० असार २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल असार ३० गते, साउन कृष्ण  त्रयोदशी तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज कुनै कुराले मनमा शान्ति छाउला, लाभदायक र खुसीपूर्ण यात्रा होला। अतिथिका रूपमा सम्मान पाइएला। चिताएको कामले तीव्रता लिन सक्छ।

वृष - तपाईलाई आज उपहार प्राप्त हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने, तथा दिनको उत्तरार्धमा धन खर्च हुने योग छ।

मिथुन - तपाईको आज सानासाना कुरामा शंका र चिन्ता बढ्न सक्छ। आफ्नै व्यक्तिहरूसँग झगडा पर्ने र आज टाढाको भ्रमणमा निस्कनु ठीक नहुन सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज नयाँ कार्यको योजना बन्नुका साथै धार्मिक यात्राको, नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने र पारिवारिक सुखका लागि धन खर्च हुने योग छ।

सिंह – तपाईको आज व्यक्तिगत कार्यमा सफलता पाइएला। लत्ता कपडामा आकर्षण बढेर जाला। चिन्ता हटेर मन हलुका होला। मनोरञ्जनमा सहभागी पनि भइनेछ।

कन्या - कन्या राशीका तपाईको आज गरेको कामबाट अपेक्षाकृत सफलता हात पर्नेछ। आफन्त एवं इष्टमित्रसँग भेटघाट हुने र शेयर बजारमा आकर्षण र लाभको अवसर आउला।

तुला - तपाइको आज शरीरमा स्फूर्ति र उमङ्गको कमी होला। व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य होला, तर आत्मबल बढाएर काम गरेमा सफल भइएला।

वृश्चिक – तपाईको आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्लान। घरमा अतिथिको आगमन होला। पुरानो स्वास्थ्य राम्रो रहने र खुसीका निम्ति केही खर्च हुनसक्ने योग छ।

धनु – तपाइको आज मनमा उत्साहका साथै बोली बिक्ने, शुभकार्यको चर्चा हुने, नयाँ जिम्मेवारी पाइने, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने समय छ।

मकर - मकर राशीका तपाइको आज चलाखीपूर्ण बोलीले काम बन्ने र आर्थिक लाभ हुने तथा राजनैतिक कार्यमा सफलता मिल्ने, आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहने योग छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी होला। यात्रामा मालसामान पनि हराउन सक्ने, तर अन्तिम समयमा काम बन्न पनि सक्नेछ।

मिन – तपाइको आज आँटेको र ताकेको कार्य पुरा हुनेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट होला। समस्या सुल्झाउन सकिएला। शुभकार्यको चर्चा पनि होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

 

  • न्युज बहार संवाददाता

थप