शुभ बिहानी, आज २०८० साल माघ ७ गते, पुस शुक्ल एकादशी तिथी आइतबार । सन २०२४ जनवारी २१ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको आज विश्वासका पात्रले काममा साथ दिनेछन भने विद्या र बुद्धिको विकास होला।
दाम्पत्य जीवन सुखमय रहनेछ र नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ।
वृष – तपाइको आज प्रेमीको सहयोग प्राप्त
होला। प्राविधिक काममा सफलता
प्राप्त पाइएला। साहित्यिक क्षेत्रमा रुचि बढ्नुका साथै चिन्ता छाडेर चिन्तन गर्ने
समय रहेको छ।
मिथुन - तपाईको आज यात्रामा मालसामान
हराउन सक्नेछ। सौन्दर्यतामा धन खर्च होला।
नजिकका व्यक्तिबाट कार्यमा वाधा आउनसक्छ। गरेका काममा ढिलासुस्ती पनि हुनेछ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज महिला वा मित्रबाट विशेष सहयोग प्राप्त होला। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान
भने शुभकार्यको चर्चा पनि हुनेछ।
सिंह – तपाईको आज राज्यबाट मान सम्मान पाइएला। लक्ष्मी प्रसन्न हुने योग रहेको छ। सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नुका साथै प्राविधिक
क्षेत्रमा रुचि बढ्ने देखिन्छ।
कन्या – कन्या राशी हुनेहरुको लागी आज रमाइलो यात्राको योग छ। अधुरा कार्य पूरा गर्न सहयोग पाइनेछ। नयाँ कार्यको योजना बन्नुका साथै शत्रुमाथि विजय मिल्ने समय रेहेको छ।
तुला - तपाइको आज व्यापार व्यवसायमा पनि मन्दी आउनेछ। सानातिना समस्यामा अल्झनुपर्ला। आफ्नो अधिकार
प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।
वृश्चिक – तपाईको आज आफन्त र साथीभाइबाट
सहयोग तथा हौसला प्राप्त होला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नुका साथै आफ्नो कार्य सम्पादनमा सहजता पाइएला।
धनु – तपाइको आज साथीको सल्लाहमा
गरिएको कार्यबाट अधिक सफलता पाइनेछ। रमणीय र सुखद् यात्रा हुने र धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग छ।
मकर - मकर राशीका तपाइको आज मनमा हर्ष,
उमङ्ग र उत्साह छाउनेछ। रमाइलो यात्राको योगका साथै राजनैतिक कार्यमा
सफलता मिल्ने योग छ बने प्रेममा मधुरता छाउनेछ।
कुम्भ - कुम्भ राशीका तपाइको आज पुँजी बजारको लगानी कमजोर रहला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न
सक्छ। सौन्दर्यतामा धन खर्च होला। सरकारी निकायको भय रहनेछ।
मिन – तपाइको आज दिनको उत्तरार्ध बढि सुखद् रहला। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध होला। वित्तिय संस्थाबाट सहयोग पाइएला। व्यापार व्यवसायमा सफलता पाइनेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता