शुभ बिहानी, आज फागुन ३० गते चैत कृष्ण सप्तमी तिथी मंगलबार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको आज सामान हराउने वा चोरी
हुने सम्भावना रहेकोले सजग रहनुहोला। साझेदारीको काममा उल्झन आउन सक्छ र स्वास्थ्य
सम्बन्धी चिन्ता पनि बढेर जाला।
वृष – तपाईको आज रोकिएका
काम पुनः सुरु हुन सक्छन्। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग छ। राजनैतिक
क्षेत्रमा सफलता पाइएला।
मिथुन – आज तपाईंको धर्मकर्म तथा समाजसेवामा मन लाग्न सक्छ।
भाग्यले विभिन्न अवसर जुराउनेछ भने
स्वास्थ्य प्रति सजगता अपनाउनु होला।
कर्कट - कर्कट राशी हुनेहरुका लागी आज धैर्य एवं लगनशीलताले अवसर मिल्न सक्छ। प्रेम सम्बन्ध अझै कसिलो हुनेछ भने
विद्या र नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ।
सिंह –तपाईले आज लगनशीलताको
कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकने देखीन्छ। सहकर्मीहरुबाट विरोध पनि आउन
सक्छ र खर्चसमेत बढ्ने योग रहेको छ।
कन्या – आज कन्या राशीका तपाईहरुलेपुरानो समस्या सुल्झाउन सक्नुहुनेछ।
देशको हित र सामाजिक हितमा मन जाला, अध्ययन र अध्यापनको कार्य अघि बढ्ने योग छ।
तुला –
तपाइको आज महत्त्वपूर्ण कामको योजना बन्नेछ। सामाजिक
क्षेत्रबाट सफलता पाइनेछ। आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।
वृश्चिक - नयाँ
अवसरहरू आउनाले तपाईको आज मन प्रसन्न रहनेछ। स्वादिष्ट भोजनको योग रहेको छ। साथीभाइहरूले
पनि राम्रै सहयोग गर्ने छन्।
धनु – तपाइलाई आज साथीभाइबाट आश्वासन प्राप्त भएपनि सहयोग नमिल्लन
सक्छ। पारिवारिक जीवनमा सामान्य विवाद बढ्न सक्छ, तर वैदेशिक कार्य भने अघि बढ्नेछ।
मकर - आज मकर राशीका तपाईको अरुलाई प्रभावित
पारेर काम बन्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ भने व्यापार व्यवसायबाट धनलाभ चाँही हुनेछैन।
कुम्भ- कुम्भ राशी हुनेहरुका लागी आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। धार्मिक र सांस्कृतिक
क्षेत्रमा रुचि बढेर जानेछ। पुराना योजना बिस्तारै अघि बढ्लान।
मिन - तपाईले
आज ठीक समयमा सही निर्णय लिन सक्नुहुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ।
व्यापार व्यवसायमा भने सोचेजति राम्रो नहोला ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता