शुभ बिहानी, आज २०८० साल जेठ १८ गते, जेठ शुक्ल द्वादशी तिथी बिहिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज शुभ चिन्तकहरूले पूर्ण
समर्थन गर्ने, घरमा
अतिथिको आगमन हुने तथा पुरानो समस्या सुल्झाउन सकिनुका साथै सन्तान सुख पनि मिल्न सक्ने
समय छ।
वृष - तपाईलाई
आज साझेदारी र सट्टापट्टामा विशेष लाभ हुनेछ।
मनमा उत्साहका साथै बोली बिक्ने समय रहेको छ। शेयर बजारको लगानीले पनि राम्रै
फाइदा दिनेछ।
मिथुन - तपाईको
आज रमणीय र सुखद् यात्राको योग रहेको छ। नयाँ
ज्ञान सिक्ने मौका मिल्ने र मनोरञ्जनमा सहभागी हुनुका साथै घुमफिरमा आकर्षण बढ्ने
समय छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी
आज अनावश्यक ठाउँमा धन खर्च हुने र अधिकार प्राप्तिका
लागि संघर्ष गर्नु पर्ने तथा वैदेशिक क्षेत्र कमजोर रहनुका साथै खानपिनमा विचार पुर्याउन
पर्ने समय छ।
सिंह – तपाईको आज धार्मिक
यात्राको योग रहेको छ। नयाँ कार्यको योजना बन्ने र धनार्जनका नयाँ स्रोतहरू पत्ता
लाग्ने तथा दिनको उत्तरार्धमा अधिक धन खर्च हुने योग छ।
कन्या - कन्या राशीका तपाइँको आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम होला,
लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्ला र साथीबाट सहयोग मिल्न सक्ला।
तुला - आज तपाइले आँटेको
र ताकेको कार्य पुरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहोला। दैनिक
कार्यमा प्रगतिका साथै प्रेममा मधुरता पनि छाउला।
वृश्चिक – तपाईको आज सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ। तर
आत्मबल बढाएर काम गरेमा असफल नभईएला। साँझपख कुनै कुराले मनमा शान्ति छाउला।
धनु – तपाइले आज कीर्तिमानी काम गर्ने समय रहेको छ। चलाखी पूर्ण बोलीले
काम बन्ला। राजनैतिक कार्यमा सफलता मिल्ने र बन्धु बान्धवबाट सहयोग मिल्नसक्ने सम्भावना रहेको छ।
मकर - मकर राशीका तपाईको आज साथीभाइबाट
विश्वासघात हुने र स्वास्थ्य सम्बन्धी समस्या आउने तथा व्यवसायमा समय दिए पनि
आम्दानी गर्न मुस्किल हुने समय छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज काम गर्ने
जोशजाँगर र उमङ्ग बढ्ला। चिताएको कामले तीव्रता लिनुका साथै नयाँ कामको थालनी होला।
वैदेशिक कार्य पनि अघि बढ्ने समय छ।
मिन – तपाईको
आज प्रेममा बाधाका साथै मन
कमजोर हुने तथा घर परिवारमा झैझमेलाको अवस्था आउने र घर परिवारमा आकस्मिक
स्वास्थ्य बिग्रन सक्ने समय रहेको छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता