शुभ बिहानी, आज फागुन २१ गते फागुन शुक्ल त्रयोदशी तिथी आइतबार।
न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका
छौं आजको राशिफल।
मेष- मेष राशि
हुनेहरुको लागी आज भाग्यले
विभिन्न अवसर जुराउनेछ। धर्मकर्म तथा समाजसेवामा पनि मन लाग्नेछ भने नयाँ काम सुरु
गर्ने समय रहेको छ।
वृष – तपाईको आज नाक
तथा घाँटीमा समस्या आउन सक्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ। बन्न
लागेको काम पनि बिग्रिन सक्ला।
मिथुन - आज तपाईलाई
भाग्यले विभिन्न अवसर दिनेछ। मनमा शान्ति र
अनुहारमा कान्ति छाउला भने सांगीतिक क्षेत्रमा रुचिपनि बढ्नेछ।
कर्कट - कर्कट राशी हुनेहरुको आज महत्त्वपूर्ण कामको थालनी हुने देखिन्छ। परिश्रमअनुसार
उपलब्धि पनि राम्रै पाउन सकिएला र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।
सिंह – आज तपाईको एकपछि अर्को
अवसर आउनाले मन प्रसन्न रहला। साथीभाइले राम्रै सहयोग गर्नेछन् भने भूमिबाट पनि
लाभ मिल्ला।
कन्या – आज तपाईको स्वास्थ्यमा खर्च बढ्नेछ। शरीरमा स्फूर्ति
र उमङ्गको कमी आउनेछ। सानो तिनो समस्यामा पनि अल्झिरहनु पर्ला।
तुला –
तपाइको आज रोकिएका काम पुन सुचारु हुन सक्छन्। आर्थिक
कारोबारमा सफलता मिल्नेछ। महिला वा मित्रहरुबाट विशेष सहयोग मिल्नेछ।
वृश्चिक –आज तपाईको धैर्य एवं लगनशीलताले धेरै अवसर दिलाउनेछ।
आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ने देखिन्छ। प्रेम सम्बन्ध अझ कसिलो होला।
धनु - आज तपाइले ठीक
समयमा सही निर्णय लिन सक्नुहुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्ला र व्यापार
व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ ।
मकर - मकर राशीका तइपको पारिवारिक जीवनमा असमझदारी बढ्न सक्ने देखिन्छ।
विद्यार्थीहरुले पनि पढाईमा अलिक ध्यान दिनुपर्ने हुन्छ। वैदेशिक पाटोको कार्य भने
बन्नेछ।
कुम्भ- आज कुम्भ राशी हुनेहरुका लागी आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेको छ। सांस्कृतिक
क्षेत्रमा पनि रुचि बढ्नेछ र शुभारम्भको चर्चा समेत चल्ने।
मिन - आज तपाईको कुनै प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ।
श्रमको उचित मूल्याङ्कन हुनेछ र प्रेम जीवन सबल र सफल रहनेछ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता