Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ ३१ गते आइतबारको राशीफल।

  •   ३ वर्ष अघि | ३१ भदौ २०८०, आइतवार

शुभ बिहानी, आज २०८० साल भदौ ३१ गते, भदौ कृष्ण द्वितिया तिथी आइतबार । आज दर खाने दिन । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज विशिष्ट व्यक्तिको साथ पाइएला। राजनैतिक कार्यमा सफलता मिल्ने र जोशजाँगर, हिम्मत बढ्ने तथा शेयर बजारको कारोबार हुने देखिन्छ।

वृष – तपाइको आज आँटेको र ताकेको कार्य पुरा होलान। आर्जनका क्षेत्रमा सुधार आउने र धार्मिक कार्यमा रुचि बढ्ने तथा नजिकको मित्रसँग भेटघाट होला।

मिथुन - तपाई आज निर्णायक क्षमतामा कमी आउला। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ला। चुनौतीको सामना गरी गलत निर्णय लिइएला, सजग रहनुहोला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज कुनै कुराले मनमा शान्ति छाउने, नयाँ कार्यको योजना बन्ने, बिनाप्रतिस्पर्धा फाइदा हुने र पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह – तपाईको आज शैक्षिक क्षेत्रमा सफलता पाइएला। पार्टी तथा सेमिनारमा सहभागी भइने र आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ।

कन्या - कन्या राशीका तपाईको आज प्रतीक्षा गरिएको काम पूरा र दैनिक कार्यमा प्रगति होला। नयाँ ज्ञान सिक्ने मौका तथा शुभ समाचार पनि सुन्न।

तुला - तपाइको आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिएको छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल होला। घरायसी विवाद समेत बढ्न सक्छ।

वृश्चिक – तपाईको आज न्यायिक कार्यमा सफलता मिल्ने, जोशजाँगर र हिम्मत बढ्ने तथा नयाँ कार्य वा रोजगार पाइने र  मित्रबाट विशेष सहयोग मिल्ने समय छ।

धनु – तपाइको आज मान प्रतिष्ठामा वृद्धि होला। भाग्यले विभिन्न अवसर दिनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला। नयाँ कामको थालनी हुनसक्छ।

मकर - मकर राशीका तपाइको आज बन्धुबान्धवबाट सहयोग पाइएला। राजनैतिक कार्यमा सफलता होला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउने तथा जोशजाँगर बढ्न सक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज आफन्त व्यक्तिसँग विवाद पर्ने, गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्ने सम्भावना छ।

मिन – तपाइको आज रोकिएका अधुरा कामहरू पुरा होलान। बोलीको प्रभाव बढ्ने तथा बिनाप्रतिस्पर्धा फाइदा हुने र पढाइ लेखाइमा प्रगति पनि हुने योग छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप