Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज २० गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | २० असोज २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल असोज २० गते, असोज कृष्ण अष्टमी तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज लाभदायक यात्रा पनि होला, ठीक समयमा सही निर्णय लिन सकिएला। वैदेशिक क्षेत्रमा र व्यापार व्यवसायमा सफलता मिल्नेछ।

वृष – तपाइको आज घरमा अतिथिको आगमन पनि हुनेछ, साथीभाइले पनि राम्रै सहयोग गर्नेछन। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला।

मिथुन - तपाई आज धर्मकर्म तथा समाजसेवामा मन जानाले भाग्यले विभिन्न अवसर दिनेछन। नयाँ काम सुरु गर्ने र चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुने समय छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज साँझमा आर्थिक लाभ मिल्नेछ, शरीरमा स्फूर्ति र उमङ्गको कमी होला। मालसामान हराउन सक्ने र ससाना समस्यामा अल्झनुपर्ने हुन सक्छ।

सिंह – तपाईको आज व्यापारमा मनग्ये धनलाभ हुनाले, अरुलाई प्रभावित पारेर काम बन्ला। रोकिएको धन हात पर्ने र न्यायिक कार्यमा सफलता पनि मिल्ने देखिन्छ।

कन्या - कन्या राशीका तपाईको आज लाभदायक यात्रा हुनेछ, महिला वा मित्रबाट विशेष सहयोग पाइएला। रोकिएका काम पुनः सुरु हुने र आर्थिक कारोबारमा सफलता पाइने समय छ।

तुला - तपाइलाई आज सोचेजतिका सबै कामहरूमा बिघ्नबाधा आउनसक्छ, समय मध्यम खालको रहेको छ। आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नमिल्न सक्छ।

वृश्चिक – तपाईको आज नियमित खर्च बढ्ने, लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसक्ने, सहकर्मीबाट विरोध आउने योग छ।

धनु – तपाइको आज परिश्रमअनुसार उपलब्धि राम्रै पाइनाले राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्ला। कलासाहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ।

मकर - मकर राशीका तपाइको आज रमाइलो यात्रा हुने, शुभकार्यको चर्चा चल्ने, पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने सम्भावना रहेको छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने ,शुभारम्भको चर्चा चल्ने, सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र भ्रमणको योग रहेको छ।

मिन – तपाइको आज साँझमा चिन्ता बढेपनि भाग्यले विभिन्न अवसर दिनेछ। घरमा अतिथिको आगमन होला। महत्त्वपूर्ण कामको थालनी पनि हुन सक्छ ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप