Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज कार्तिक २५ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | २५ कार्तिक २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल कार्तिक २५ गते, कार्तिक कृष्ण त्रयोदशी तिथी शनिबार । आज तिहारको पहिलो दिन काग तिहार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज ढिलै भए पनि काम सम्पन्न होला, बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहला। कतै घुम्न जाने योजना बन्न सक्नेछ।

वृष  तपाइको आज नयाँनयाँ ज्ञान सिक्ने मौका पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने र बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ।

मिथुन - तपाईको आज प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न होला, आँटेको काममा सफलता नमिल्ने हुनाले खर्च बढ्ने र मन चिन्तित हुनसक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज विद्यामा सफलता मिल्न सक्छ। धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुने र अनुहारमा कान्ति र मनमा शान्ति छाउने देखिन्छ।

सिंह तपाईको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला, धर्मकर्म तथा समाजसेवामा मन जाने र घरमा अतिथिको आगमन हुनेछ।

कन्या - कन्या राशीका तपाईको आज सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुने र प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम रहनेछ।

तुला - तपाइको आज प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्ने छ। विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय चाहिएला। सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउला।

वृश्चिक  तपाईको आज व्यापार व्यवसायबाट सोचेजस्तै लाभ प्राप्ति हुने, विद्या र बुद्धिको विकास हुने र महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ।

धनु  तपाइको आज प्राविधिक काममा बढी सफलता मिल्न सक्छ, दौडधुप गर्नु परे पनि लाभ नै हुने र रमाइलो यात्राको योग रहेको छ भने बन्धु बान्धवबाट पनि विशेष सहयोग पाइएला।

मकर - मकर राशीका तपाइको आज न्यायिक कार्यमा सफलता पाइएला। बिभिन्न अवसर आउनाले मन प्रसन्न हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्ने र बौद्धिकताको विकास पनि हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु पर्नेछ, शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने र घर व्यवहारको समस्याले सताउन सक्छ ।

मिन – तपाइको आज मार्केटमा सफलता मिल्ने, दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुने र रोकिएका वैदेशिक कार्य अघि बढ्ने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप