Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज साउन ६ गते शनिबारको राशीफल।

  •   ३ वर्ष अघि | ६ साउन २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल साउन गते, साउन शुक्ल चतुर्थी तिथी शनिबारन्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने तथा नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्ला। परिवारमा सुख सन्तोष पनि छउनेछ।

वृष - तपाईलाई आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। सानातिना समस्यामा अल्झनुपर्ला। सेयरको बजारको कारोबारमा फाइदा र नोक्सानी दुबै हुनसक्छ।

मिथुन - तपाईको आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ला। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला। विद्या र बुद्धिको विकास पनि होला।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज शुभकार्यको चर्चा हुनेछ। मित्रबाट विशेष सहयोग मिल्ला। दिनको उत्तरार्ध सुखद् रहने र घर जग्गाको कारोबारमा नोक्सानी होला।

सिंह तपाईको आज दाम, इनाम र प्रतिष्ठा कमाउने, विशिष्ट व्यक्तिको साथ पाइने, राजनैतिक कार्यमा सफलता मिल्ने र काम क्रोध पनि बढ्नसक्ने समय छ।

कन्या - कन्या राशीका तपाईको आज मनमा दुबिधा उत्पन्न हुनसक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। आर्थिक कारोबारमा मन्दी आउने र साँझमा मन प्रसन्न हुनेछ।

तुला - तपाइको आज कुनै कुराले मनमा शान्ति छाउला। महिला वर्गबाट विशेष सहयोग पाइएला। परिश्रम गर्दा बढी धनार्जन होला। लाभदायक यात्रा पनि हुनसक्छ।

वृश्चिक  तपाईको आज प्रणयसम्बन्धमा सफलता पाउने, एउटै कामबाट दोहोरो लाभ मिल्ने, सेयरको कारोबारमा फाइदा हुनसक्ने समय रहेको छ।

धनु  तपाइको आज रमणीय र सुखद् यात्राको, सामाजिक क्षेत्रमा सफलता मिल्ने, मनमा सहयोग भाव आउने र प्रेम सम्बन्ध पनि कसिलो हुने योग छ।

मकर - मकर राशीका तपाइको आज लाभहानी, सुखदुःख, बराबरी मध्यम खालको दिन रहेको छ। ठुलो कारोबारमा लगानी नगर्दा राम्रो होला। आत्मबल बढाएर काम गरेमा सफल भइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज दैनिक कार्यमा प्रगति होला। मनमा शान्ति र अनुहारमा कान्ति छउला। अरुलाई प्रभावित पारेर काम बन्ने र नसोचेको ठाउँबाट धनको आगमन हुनेछ।

मिन – तपाइको आज गरेको कार्यमा सफलता पाइएला। वैदेशिक क्षेत्रको काम अघि बढ्ने र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने तथा विद्यामा पनि सफलता पाइने समय छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

 

 

 

  • न्युज बहार संवाददाता

थप