शुभ बिहानी,आज २०८० साल बैशाख ९ गते बैशाख शुक्ल द्वतिया तिथी शनिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज धैर्य एवं
लगनशीलताले अवसर प्राप्त होला। प्रेम सम्बन्ध कसिलो हुने र नयाँ ज्ञान सिक्ने मौका
मिल्ने योग छ। आर्थिक क्षेत्रमा राम्रै सफलता मल्न सक्छ।
वृष - तपाईको आज महत्त्वपूर्ण
कामको थालनी हुने र लक्ष्मी प्रसन्न हुने योग रहेको छ। परिश्रमअनुसार उपलब्धि पनि
राम्रै होला। सामाजिक क्षेत्रमा सफलता हात लाग्नेछ।
मिथुन - तपाईको आज लगनशीलताको
कमीले गर्दा ठूलो उपलब्धि हात पार्न गुम्न सक्छ। सहकर्मीबाट विरोध आउने र नियमित
खर्चसमेत बढ्ने योग रहेको छ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज लाभदायक यात्रा होला, ठीक समयमा
सही निर्णय लिन सकिएला भने राजनैतिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ भने
व्यापार व्यवसायमा सफलता मिल्दै जानेछ।
सिंह - तपाईलाई आज महिला र मित्रबाट विशेष सहयोग मिल्ला। रोकिएका
काम पुनः सुरु हुने र शेयर बजारको कारोबारमा पनि सफलता मिल्नसक्छ ।
कन्या - कन्या राशीका
तपाइको आज शुभारम्भको चर्चा हुनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय आएको
छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र रोकिएको काम पुरा हुने योग छ।
तुला - आज तपाइको शरीरमा
स्फूर्ति र उमङ्गको कमी आउनेछ। ससाना समस्यामा अल्झनुपर्नेछ भने स्वास्थ्यमा खर्च
बढ्नेछ, तर नयाँ लगानीको अवसर भने मिल्न सक्छ।
वृश्चिक - तपाईलाई आज कलासाहित्य
तथा सङ्गीतमा रुचि बढेर जानेछ। तर्क, विवाद
र प्रतिस्पर्धामा राम्रो सफलता हात लाग्ला, तर
शेयर बजारको कारोबारमा राम्रो नहुन सक्छ।
धनु - तपाइको
आज जटिल ठानिएको कामसमेत सम्पादन हुने र
धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना रहेको छ। घरमा अतिथिको
आगमन होला।
मकर - मकर राशीका तपाईको आज नयाँ अवसर
आउनाले मन प्रसन्न हुनेछ, घरमा अतिथिको आगमन हुनेछ भने साथीभाइले सहयोग जुटाउनेछन्, शेयर बजारको कारोबार कमजोर हुनसक्छ।
कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुपर्नेछ।
आर्थिक क्षेत्रमा पनि सङ्कट र चिन्ता बढ्न समय छ।
मिन - तपाईको
आज धार्मिक क्षेत्रको भ्रमण होला। आफन्तसँग भेटघाट हुने र साँझमा अधुरा काम बन्न
सक्ने योग छ, तर
नियमित खर्च बढ्न सक्छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस्
शुभदिन।
- न्युज बहार संवाददाता