शुभ बिहानी, आज २०८० साल भदौ १६ गते, भदौ कृष्ण तृतिया तिथी शनिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज नयाँ योजना
कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। आर्थिक कारोबारमा मन्दी आउला। घर
व्यवहारमा झमेला रहे पनि साँझमा मन
प्रसन्न होला।
वृष – तपाइको आज शुभकार्यको चर्चा हुनेछ। कुनै कुराले मनमा शान्ति
छउला। वशिष्ठ व्यक्तिको साथ पाइएला। छोटो दुरीको लाभदायक यात्रा हुनेछ।
मिथुन - तपाई आज दाम, इनाम
र प्रतिष्ठा कमाउने, स्वादिष्ट भोजन पाइने, धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने
र सफल यात्राको योग पनि रहेको छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज दैनिक
कार्यमा सफलता पाइएला। राजनैतिक, सामाजिक
तथा धार्मिक कार्यमा रुचि बढ्नुका साथै प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय छ।
सिंह – तपाईको आज
आफन्तका बीचमा खटपट,
चिन्ता र शङ्का उब्जन सक्छ। आफ्नो अधिकार प्राप्तिका
लागि संघर्ष गर्नु पर्ला। मनमा निराशा र शरीरमा आलस्य आउन सक्छ।
कन्या - कन्या राशीका तपाईको आज शुभ कार्यमा सरिक भइएला। नयाँ बिजनेश प्लान बन्ला।
आफन्तसँग भेटघाट पनि होला,
तर यातायात वा वाहनमा खर्च भने बढ्न सक्छ।
तुला - तपाइको आज वैदेशिक
क्षेत्रबाट सफलता पाइएला। सामाजिक कार्यमा मन जाने र कूटनीतिक नियोगको सहयोग मिल्ने
तथा दैनिक कार्यमा प्रगति हुनेछ।
वृश्चिक – तपाईको आज महिलाहरूबाट विशेष सहयोग पइएला। परिश्रम गर्दा
धनार्जन होला। मङ्गल र शुभ कार्यमा सरिक भइनेछ। बजारको यात्रा पनि होला।
धनु – तपाइको आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ। आत्मबल
बढाएर काम गरेमा सफल भइएला। विपरीत वर्ग प्रति आकर्षण बढेर जाला।
मकर - मकर राशीका तपाइको आज आफ्नै
दक्षतामा विभिन्न कार्यहरू सम्पन्न होलन। आफन्तको प्रगतिमा मन रमाउला। दिनको
उत्तरार्ध अधिक सुखद् रहला।
कुम्भ - कुम्भ
राशीका तपाइको आज लगनशीलताले कामहरू
अगाडि बढ्लान। कुनै कुराले मनमा शान्ति छाउन सक्छ। अचल सम्पत्तिको कारोबार होला।
दाम्पत्य जीवन सुखमय रहला।
मिन –
तपाइको आज दाम, इनाम र प्रतिष्ठा कमाउने, घरमा
अतिथिको आगमन हुने, राजनैतिक कार्यमा सफलता मिल्ने र यात्राको क्रममा सचेत रहनु
पर्ने समय छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता