Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

आज फागुन १५ गते सोमबारको राशीफल ।

आज फागुन शुलक अष्टमी सोमबार।

  •   १ वर्ष अघि | १५ फाल्गुन २०७९, सोमवार

आज फागुन १५ गते फागुन शुलक अष्टमी सोमबार। तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको लागी आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउने देखिन्छ। कार्य सम्पादनमा सहजता आउन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ।

वृष – तपाईलाई आज घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। दैनिक कार्यमा प्रगति हुने योग छ भने कृषि र उत्पादन मूलक कार्य पनि अघि बढ्नेछ

मिथुन आज तपाईको महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। माया प्रेममा एकोहोरो माया प्रेमले सताउन पनि सक्छ। आर्थिक कारोबारमा विवाद पनि आउने छ।

कर्कट आज तपाई पारिवारिक भेटघाटमा रमाउनु हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन। माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।

सिंह – तपाईको आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्व सँगको गरिएको सहकार्यले नयाँ अनुभव मिल्नेछ। गृह कार्यमा पनि मन जानेछ।

कन्या –  तपाईको आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ भने महिला तथा मित्रबाट विशेष सहयोग मिल्नेछ।

तुला – तुला राशी हुनेहरुका लागी आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउने छ स्वास्थ्य प्रति सचेत रहनुहोला। साँझमा बढी पैसा खर्च हुने योग पनि छ

वृश्चिक – आज तपाईको रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्छ। परिवार वा जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने योग छ

धनु – आज सन्तान तथा परिवारमा मेलमिलाप होला। मनमा सहयोग भाव आउन सक्छ भने कुनै कुराले मनमा प्रसन्नता छाउनेछ।

मकर – मकर राशीका तइपको मन अध्यात्म र दर्शनतर्फ आकर्षित हुनेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ भने धन प्राप्त हुनेछ र कसैकसैका लागि सन्तान सुखको योग पनि छ।

कुम्भ- आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्ने सम्भावना छ। खानपिन प्रति सजग भई स्वास्थ्यको ख्याल गर्नुहोला।

मिन – आज गरिएको एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ स्वादिष्ट खानपिनको योग पनि रहेको छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन ।

  • bahar@gmail.com

थप