शुभ बिहानी, आज २०८० साल पुस २३ गते, पुस कृष्ण द्वादशी तिथी सोमबार । सन २०२४ जनवारी ८ तारिक । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि हुनेहरुको आज समय प्रतिकुल भई कुलतमा मन जानेछ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात नपर्नसक्छ।
वृष – तपाइको आज सांस्कृतिक कार्यमा
सरिक भइएला, आजको दिन रोकिएको पैसा हात पर्नेछ। सामाजिक क्षेत्रबाट सहयोग र सफलता प्राप्त
होला।
मिथुन - तपाईको आज प्रणयसम्बन्ध र
पारिवारिक सम्बन्धपनि सुमधुर रहनेछ। लाभहानी,
आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन रहेको छ।
कर्कट - कर्कट राशी हुनेहरुको लागी आज वैदेशिक क्षेत्रको काम भने अधुरै रहन सक्छ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्ने र
मनमा हर्ष,
उमङ्ग र उत्साह छाउनेछ।
सिंह – तपाईको आज घरायसी विवाद पनि बढ्नेछ। स्वास्थ्यमा धन खर्च होला। अरुको भलाइका लागि
अनावश्यक दौडधुप गर्नु पर्ला।
कन्या – कन्या राशी
हुनेहरुको लागी आज आँटेको र ताकेको कार्य पुरा होला। सामाजिक कार्यमा सरिक हुने अवसर पाइएला। अनुहारमा कान्ति र मनमा शान्ति छाउला।
तुला - तपाइको आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ भने स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।शुभकार्यको
चर्चा पनि हुनेछ।
वृश्चिक – तपाईको आज शैक्षिक क्षेत्रमा
सफलता पाइएला। बोलीको भरमा कार्य
सम्पादन हुनुका साथै सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ होला।
धनु – तपाइको आज भाग्यले विभिन्न
अवसर र साथ दिनाले गरेको काममा सफलता हात पर्न सक्छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।
मकर - मकर राशीका तपाइको आज पारिवारिक सुख पाइनेछ, समाजबाट मान सम्मान मिल्नुका साथै आज सेतो रङ्गको
प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ।
कुम्भ - कुम्भ राशीका तपाइको आज प्रेम र मित्रताको बन्धन कसिने समय छ। शुभकार्यको चर्चा होला। सुन्दर पहिरनले
व्यक्तित्वमा निखारता ल्याउनेछ।
मिन – तपाइको आज आज
सजिलै अरुको विश्वास जित्न गाह्रो हुने सक्छ। विद्या र बुद्धिमा पनि ह्रास आउने तर
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता