Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख १८ गते सोमबारको राशीफल।

  •   ४ वर्ष अघि | १८ बैशाख २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल बैशाख १८ गते बैशाख शुक्ल एकादशी तिथी सोमबार। आज अन्तराष्ट्रिय श्रमिक दिवस। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। शत्रु पराजित हुने र वित्तिय संस्थाबाट सहयोग प्राप्त हुने छ, तर स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ।

वृष - तपाईले आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय हुनेछ। धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने समय छ।

मिथुन - तपाईलाई आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ भने बन्धु बान्धवबाट सहयोग मिल्ने र सामाजिक कार्यमा सफलता मिल्ने र नयाँ ज्ञान सिक्ने मौका आउन सक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज प्रेमीको सहयोग मिल्नेछ। नजिकको मित्रसँग भेटघाट हुने र परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि रहेको छ।

सिंह – तपाईको आज रोकिएका काम पुनः सुरु हुने समय छ। जोशजाँगर र उमङ्ग बढेर जाला। वैदेशिक कार्य अघि बढ्ने र साहित्यिक क्षेत्रमा रुचि बढ्ने योग छ।

कन्या - कन्या राशीका तपाइलाई आज निर्णय कार्यान्वयन नसक्नाले आत्मबलमा कमी आउला भने मनमा दुबिधा उत्पन्न हुने सक्छ, तर शुभ र नयाँ कार्यको योजना बन्नेछ योग छ।

तुला - आज तपाइको कुनै कुराले मन निक्कै प्रसन्न हुनेछ। गरेका कामबाट राम्रै लाभ होला। दैनिक कार्यमा प्रगति हुने र स्वास्थ्यप्रति सजग रहने समय छ।

वृश्चिक – तपाईको आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिएको छ। विपरित वर्गबाट विशेष सहयोग मिल्ने र जोशजाँगर र हिम्मत बढेर जानेछ।

धनु - तपाइको आज शुभकार्यको चर्चा चल्नुका साथै आँटेको र ताकेको कार्य पुरा हुनसक्छन। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव पनि दिनेछ। पढाइमा प्रगति नै होला।

मकर - मकर राशीका तपाईको आज मन भावुक र उत्ताउलो हुनसक्छ। अनावश्यक ठाउँमा धन खर्च होला। जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ। सरकारी निकायको भय पनि रहीरहने छ।

कुम्भ - कुम्भ राशी हुनेहरुका लागी आज धार्मिक कृत्यमा सहभागी हुनुहोला, आफन्तको प्रगतिमा मन रमाउँलान भने नयाँ कार्यको अवसर मिल्न सक्छ र जोशजाँगर पनि बढ्ला।

मिन - तपाईको आज मिष्ठान्न भोजनको अवसर मिलेको छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने तथा आफूले अरुलाई प्रभावित पारेर काम हुनेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप