Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस १६ गते सोमबारको राशीफल

  •   ३ वर्ष अघि | १६ पुस २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल पुस १६ गते, पुस कृष्ण पञ्चमी तिथी सोमबार । सन २०२४ जनवारी १ तारिक । आज राष्ट्रिय टोपी तथा राष्ट्रिय पोसाक दिवस । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज साथीभाइसँग समय बित्ने स्वादिष्ट भोजन पनि मिल्नेछ। पार्टी तथा सेमिनारमा सहभागी भइनेछ भने प्रयत्न गरे फाइदा लिन सकिएला।

वृष – तपाइको आज मनमा दुबिधा पनि उत्पन्न होला। स्वास्थ्यप्रति सजग रहन आवश्यक रहेको छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।

मिथुन - तपाईको आज कृषि कारोबारमा सफलता मिल्न सक्छ ठिक समयमा सही निर्णय लिन सकिएला। भ्रमणमा रुचि बढ्ने तथा सामाजिक कार्य अघि बढेर जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आफन्तसँग भेटघाट होला। महिला वर्गबाट विशेष सहयोग पाइएला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन।

सिंह – तपाईको आज नयाँ व्यक्तिसँग भेटघाटको अवसर पाइएला। स्वादिष्ट खानपिन खान पाइनेछ भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज चोटपटकको भय रहला, मालसामान हराउन सक्ने र सहकर्मीबाट विरोध आउनाले गलत निर्णय लिन पुगिएला।

तुला - तपाइको आज शिक्षामा सामान्य सफलता पाइनेछ। महत्त्वपूर्ण कामको थालनी होला। कुनै कुराले मनमा शान्ति छाउनसक्छ। समाजसेवामा मन जानेछ।

वृश्चिक – तपाईको आज वैदेशिक क्षेत्रको काम अधुरै रहनेछ। राजनैतिक कार्यमा सफलता पाइएला। सांगीतिक क्षेत्रमा रुचि र विपरीत वर्ग प्रति आकर्षण बढ्न सक्छ।

धनु – तपाइको आज शुभकार्यको चर्चा हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिने र नयाँ योजना बन्न सक्छ।

मकर - मकर राशीका तपाइको आज साझेदारीको काममा उल्झन आउनाले प्रेममा मनमुटाव आउन सक्छ। आफ्नो विचार विपरित निर्णय होला। गरेका काममा ढिलासुस्ती पनि हुनसक्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ। नसोचेको ठाउँबाट धनागम होला। घर परिवार सँग समय व्यतीत होला। मनोरञ्जनमा पूर्वक दिन बित्नेछ।

मिन – तपाइको आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्न सक्छ। आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिएला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।


  • न्युज बहार संवाददाता

थप