Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज असोज १२ गते शुक्रबारको राशीफल

  •   ३ वर्ष अघि | १२ असोज २०८०, शुक्रबार

शुभ बिहानी, आज २०८० साल असोज १२ गते, भदौ शुक्ल पुर्णिमा तिथी शुक्रबार । आज विश्व मुटु दिवस । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज सन्तान पक्षको मायामा कमी आउने छ। महत्त्वपूर्ण अवसर गुम्नाले दबाब र तनाव बढेको महसुस होला, यात्रामा सावधानी अपनाउनु पर्नेछ आवश्यक छ।

वृष – तपाइको आज परिश्रमअनुसार उपलब्धि हात लाग्नेछ, सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पाइएला। पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढेर जानेछ।

मिथुन – तपाईको आज शेयर बजार र पेसाव्यवसायका क्षेत्रमा फाइदा हुनाले, उन्नति प्रगतिको वातावरण बन्ला। कुनै कुराले मनमा शान्ति छाउनसक्छ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला, परिवारजनको साथले नयाँ आशा दिनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ।

सिंह – तपाईको आज स्वास्थ्य प्रति सचेत रहनु पर्नेछ, आफन्तसँग मनमुटाव बढ्न सामान हराउन र सक्छ, आफूलाई कमजोर भएको अनुभूति होला।

कन्या - कन्या राशीका तपाईको आज जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुँदा रोकिएका काम पुनः सुरु हुन सक्लान, तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता पाइएला।

तुला - तपाइको आजको दिन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु होला, हाँसखेल र मनोरञ्जनपूर्ण र चिताएको कामले तीव्रता लिने समय छ।

वृश्चिक – तपाईको आज जटिल ठानिएको कामसमेत बुद्धिको उपयोगले सम्पादन हुन सक्नेछ, अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला।

धनु – तपाइको आज मनमा दोधारको अवस्था सिर्जना हुनाले विचार पुर्याएर निर्णय लिनु राम्रो हुनेछ। दाम्पत्य जीवनमा एक किसिमको निरासता आउनेछ।

मकर - मकर राशीका तपाइको आज लाभदायक यात्राको सम्भावना रहेको छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। नोकरी गर्नेले मानसम्मान पाउने देखिन्छ।

कुम्भ - कुम्भ राशीका तपाइको आज न्यायिक कार्यमा सफलता मिल्नेछ, जटिल ठानिएको कामसमेत सजिलै सम्पादन हुनेछन। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना रहेको छ।

मिन – तपाइको आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान। रमाइलो यात्राको र त्यसबाट दीर्घकालिक फाइदा पनि सम्भावना छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप