Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज फागुन १९ गते शुक्रवारको राशीफल ।

आज फागुन १९ गते फागुन शुक्ल एकादशी तिथी शुक्रवार।

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

शुभ बिहानी, आज फागुन १९ गते फागुन शुक्ल एकादशी तिथी शुक्रवार। न्युज बहारको.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौं आजको राशिफल।

मेष- मेष राशि हुनेहरुको लागी आज रचनात्मक काममा समय जुट्ने छ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ भने सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा पनि मन जानेछ ।

वृष – आज सेवामूलक कार्यबाट सफलता मिल्नेछ। त्यस्तै तपाईको मनमा शान्ति र अनुहारमा कान्ति छाउला र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ।

मिथुन - आज तपाईको शुभकार्यको चर्चा चल्नेछ। एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहला, तर व्यापार व्यवसायमा नोक्सानी हुने देखिन्छ।

कर्कट - कर्कट राशी हुनेहरुले आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने देखिन्छ। घरायसी कामधन्दाका लागि बढी खट्नु पर्नेछ। स्वास्थ्य बिग्रने भए रहेकोले सचेत रहनुहोला।

सिंह – आज घरपरिवार सँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ भने उन्नति एवं प्रगतिको वातावरण पनि बन्नेछ।

कन्या –   आज तपाईलाई मनपर्ने खानाको परिकार खान पाइनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्न सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने देखिन्छ।

तुला – तपाइको आज विद्या र बुद्धिको विकास हुने योग छ। पारिवारिक जमघटमा सहभागी हुने अवसर मिल्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइन सक्छ।

वृश्चिक – आज तपाईले आँटेको काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ। सानो कुरामा चित्त दुख्ने बानीले प्रेम जीवनमा अप्ठ्यारो पनि पार्न सक्छ।

धनु – आज तपाइलाई साथीभाइबाट बढी फाइदा लिने समय छ। नयाँ काम सुरु गर्ने समय आएको छ। जोशजाँगर र उमंग बढ्न सक्छ। आर्थिक कारोबारमा सफलता मिल्नेछ।

मकर – मकर राशीका तइपलाई आज महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ भने राजनैतिक कार्यमा सफलता मिल्ने देखिन्छ। लाभदायक यात्रा पनि हुन सक्छ।

कुम्भ- आज कुम्भ राशी हुनेहरुको आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

मिन – आज तपाईलाई मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ। तपाईको नजिकका व्यक्तिबाट कार्यमा अवरोध हुने र मनमुटाव बढ्न सक्छ।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन ।

 

  • न्युज बहार संवाददाता

थप