असार १०, काठमाडौँ । आज यतिखेर पशुपतिनाथ मन्दिर खाली गराइएको छ । पशुपतिनाथ मन्दिर रहेको जलहरीको अनुगमनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आउने भएपछि यतिबेला पशुपतिनाथ मन्दिर खाली गराइएको हो ।
यतिबेला मन्दिर क्षेत्रमा पूजाआजा र दर्शन गर्न गएका भक्तजनलाई बाहिर निकाली पशुपतिका सबै ढोकाहरु लगाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि पशुपतिनाथ मन्दिर जान लागेको हो ।
अहिले साढे ३ बजे अख्तियारको टोली मन्दिरमा पुग्ने बताइएको छ।
- न्युज बहार संवाददाता