Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२०७९ को पद्मश्री पुरस्कार उपन्यास ‘मनु’लाई

  •   ३ वर्ष अघि | ८ असोज २०८०, सोमवार

असोज ८, काठमाडौँ । २०७९ को पद्मश्री पुरस्कार र सम्मान खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले घोषणा गरेको छ ।

प्रतिष्ठानले समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्राप्त १८० पुस्तक मध्येबाट पहिलो चरणमा १५ र दोस्रो चरणमा परेका पाँच सूचीभित्र परेका पुस्तकबाट ‘मनु’ छनोट भएको जानकारी दिएको छ ।

त्यस्तै कार्टुनिस्ट दुर्गा बराल (वात्स्यायन)लाई प्रतिष्ठानले प्रदान गर्दै आएको प्रद्मश्री साधना सम्मान प्रदान गरिने भएको छ । 

साथै, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई गत वर्षदेखि मात्रै सुरु गरिएको पद्मश्री गौरव पुस्कार प्रदान गरिने भएको छ । 

  • न्युज बहार संवाददाता

थप