फागुन
१८, काठमाडौँ । आज नेपालले त्रिकोणात्मक टी–२० क्रिकेट अन्तर्गत तेस्रो
खेलमा नामिबियासँग खेल्दै छ ।
काठमाडौँमा
जारी त्रिकोणात्मक टी–२० सिरिजमा
नेदरल्याण्ड्स, नामिबिया र नेपाल सम्मिलत रहेको छ । सिरिजको तेस्रो खेलसम्म आइपुग्दा नेपालले एउटा
खेलमा जित र दुई खेलमा लगातार हारको सामना गरेको छ ।
नामिबियासँग
र नेदरल्याण्ड्ससँग एक एक खेलमा पराजित भएको नेपाललाइ आजको केल जित्नै पर्ने दबाब
रहेको छ । फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नेपालले नामिबियालाई पराजित
गर्नुपर्ने हुन्छ ।
आजको खेल
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
- न्युज बहार संवाददाता