मंसिर २२, काठमाडौँ । आजदेखि यू-१९ एसिया कप क्रिकेट सुरू हुँदैछ।
आजदेखि संयुक्त
अरब इमिरेट्स (दुबई)मा ८ देश सहभागी यू-१९ कप सुरू हुन लागेको हो।
आज सुरुवाती
खेलमा नेपालले पाकिस्तानसँग खेल्नेछ। आजको यो खेल नेपाली समयानुसार बिहान सवा ११
बजे सुरु हुने छ । नेपाल दुबईको आइसिसी एकेडेमी ओभल-२ मा आफ्नो पहिलो खेलमा पाकिस्तानविरूद्ध
मैदान उत्रिने छ।
आज नै
हुने अर्को खेलमा भारत र अफगानिस्तान खेल्नेछन ।
समूह ‘ए’ मा नेपालसहित पाकिस्तान, भारत
र
अफगानिस्तान रहेका छन्। त्यस्तै समूह ‘बी’मा जापान, युएई
श्रीलङ्का
र बङ्गलादेश
छन्।
नेपालका
लागि यू–१९ एसिया
कपको एक पटक विजेता पाकिस्तान र आठ पटक विजेता भारत एकै समूहमा रहेकाले चुनौतिपूर्ण
रहेको छ ।
मंसिर २४ गते नेपालले आफ्नो दोस्रो खेल अफगानिस्तानसँग र मंसिर २६ गते समूहको अन्तिम खेल भारतसँग खेल्नेछ।
सेमिफाइनलमा समूहका दुई शीर्ष टिम पुग्नेछन् भने पुस १ मा फाइनल हुनेछ।
- न्युज बहार संवाददाता