Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड लिओनल मेसीलाई

  •   ३ वर्ष अघि | २० मंसिर २०८०, बुधबार

मंसिर २०, काठमाडौँ । टाइम म्यागजिनको एथ्लेट अफ दि इअरअवार्ड अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले जितेका छन् ।

मेसीले गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए ।

३६ वर्षीय मेसीले अक्टोबरमा कीर्तिमानी आठौँ पटक बालोन डेओर अवार्ड पनि जितेका थिए ।

टाइम म्यागजिनले लेखेको छ लिओनल मेसीले यो वर्ष असम्भव देखिने उपलब्धिहरु हासिल गरिरहेका छन्। उनले इन्टर मायमीसँग सम्झौता गरे अनि अमेरिकालाई एउटा फुटबल देशको रुपमा चिनाएका छन।

यस्तै टाइमसका अनुसार मेसीको आगमनले रंगशालामा दर्शकको उपस्थिति, टिकटको मूल्य र मर्चेन्डाइज बिक्रीमा उल्लेख्य वृद्धि तथा एमएलएस खेलको दर्शक बढाउन महत्वपूर्ण योगदान गरेको छ ।

  • न्युज बहार संवाददाता

थप