माघ २७, काठमाडौँ
। आज नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेल
खेल्दै छ । उक्त खेल आज शनिबार बिहान ९:१५ बजे काठमाडौँको कीर्तिपुरस्थित
त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ ।
नेपालले यसअघि
बिहीबार भएको सिरिजको पहिलो खेलमा क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो ।
उक्त
खेलमा नेपाल सात रनले विजयी भएको थियो । कप्तान रोहितकुमार पौडेलले उक्त खेलमा चार
विकेट लिएका थिए ।
- न्युज बहार संवाददाता