Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाल प्रिमियर लिगको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला

  •   २ वर्ष अघि | ५ असोज २०८१, शनिबार

असोज ५, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया नेपाल क्रिकेट संघ (क्यान) ले खुला गरेको छ । क्यानले आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दै दर्ता खुला गरेको हो । क्यानद्वारा जारि विज्ञप्ति अनुसार अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइन मार्फत नाम दर्ता गर्न सक्नेछन्।

जारि विज्ञप्तिमा भनिएको छ अक्सनमा ए बी र सी ग्रेडमा दर्ता गर्न सकिनेछ  भने ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जान मिल्ने बताइएको छ । त्यसैगरी बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख र उच्चतम मूल्य १० लाख सम्म राखिएको छ । त्यस्तै सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख र उच्चतम मूल्य ५ लाखसम्म राखिएको छ । सबै ग्रडका खेलाडीको हका तोकिएको उच्चतम मुल्य भन्दा माथी गएमा चिट्ठा थुतिनेछ ।

आउँदो नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौँमा आयोजना हुने एनपीएलका लागी खेलाडीलाई दर्ता गर्न एक हजार शुल्क लाग्नेछ । एनपीएलमा पोखरा, काठमाडौँ, चितवन, जनकपुर, विराटनगर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी आठ टोली छन् ।

  • न्युज बहार संवाददाता

थप