फागुन २७, काठमाडौँ । नेपाल र हङकङबीचको त्रिकोणात्मक
टी-२० आई सिरिज अन्तर्गतको आज सुरु भएको खेल पानीका कारण रोकिएको छ ।
बिहान ११ :
१५ बजे सुरु भएको खेलमा नेपालले टस जितेर हङकङले पहिले ब्याटिङ गरिरहेको अवस्थामा
वर्षाका कारण खेल रोकिएको हो ।
हङकङले घरेलु
मैदान मोङ कोकमा खेल रोकिनु अगाडी ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको थियो ।
नेपालका
लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन ।
- न्युज बहार संवाददाता