बैशाख ११, काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँने भएको छ ।
काठमाडौं जिल्ला अदालतमा नाबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाई आज हुने बताइएको छ । काठमाडौं जिल्ला अदालतले चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरी लामिछानेको मुद्दालाई आज पेशीमा राखेको छ ।
दुवै सरकारी साक्षीको बकपत्र गत साता भएपछि आज सोमबारका लागि पेशी तोकिएको हो।लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन सर्वोच्च अदालतले आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला गर्न सकिरहेको छैन।
- न्युज बहार संवाददाता