Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालद्वारा स्कटल्याड २१२ रनमा अलआउट ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए ।

  •   ४ वर्ष अघि | ९ फाल्गुन २०७९, मङ्लबार

फागुन ९ काठमाडौँ । आज भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु  अन्तर्गतको नेपाल र स्कटल्याण्डको खेलमा २१२ रनमा नेपालले स्कटल्याण्डलाई अल आउट गरेको छ।

किर्तीपुरको टियुको मैदानमा भएको शृखंलाको अन्तिम खेलमा नेपालले आफ्नो सानदार प्रर्दशन गर्दै नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २१२ रन मा अल आउट गरेको हो । नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेर पहिले बलिङ रोजेका थिए ।  भने स्कटल्याडलाई ब्याटिङको निम्ता दिएका थिए । पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै दशै विकेट गुमाएर २१२ रन बनाएको छ । नेपालका तर्फबाट सन्दीप लामीछानेले सर्वाधिक विकेट लिए उनले ४ विकेट लिएका छन । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिएका छन । सन्दीपले यस शृख्लामा कूल १३ विकेट लिइसकेका छन । त्यस्तै करण केसीले ८.१ ओभरमा ४२ रन दिएर ३ विकेट लिए भने ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र दिएका छन।

थप