Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सन्दिप युएईमा हुने खेलको टिममा परेनन, प्रतिबन्धात्मक बुँदा सच्चाउन माग गर्दै सन्दिपद्वारा सर्वोच्चमा निवेदन ।

सन्दिपलाई युएई लैजाने क्नयानको समेत पहल जारी ।

  •   ४ वर्ष अघि | ११ फाल्गुन २०७९, बिहिबार

फागुन ११, काठमाडौं । युएईमा हुने खेल आईसीसी क्रिकेट विश्वकप लिग टुको टिममा सन्दीप लामिछाने नजाने भएका छन् । सन्दीप लामिछानेको ठाउँमा नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा प्रतिस जिसीलाई राखेको छ । स्रोतले बताए अनुसार कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको नाम समावेश नै नगरिएको हो ।

नेपालले लिग टु अन्तर्गत १५ फागुन देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ ।

यता सन्दिप लामीछानेले भने बिहीबार सर्वोच्च अदालतमा धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग सहितको निवेदन लिएर पुगेका छन । एक दिवसीय मान्यता जोगाइराख्न संघर्षरत रहेको नेपालले फागुन १५ गते देखी युएईमा हुने क्रिकेट खेल्न सन्दीप जान नमिल्ने भएपछि सर्वोच्च अदालतमा निवेदन दिएका हुन। काठमाडौँमा जारी त्रिकोणात्मक एक दिवसीय सिरिजमा स्कटल्याण्ड र नामिबियालाई दुई–दुईपटक हराएर नेपालले क्लिन स्वीप गरेको खेलमा सन्दिपको महत्वपुर्ण भुमिका थियो। जितमा महत्त्वपूर्ण भूमिका निभाएका सन्दीपलाई युएईमा हुने अर्को त्रिकोणात्मक शृङ्खलामा पनि समावेश सकिए नेपालले एक दिवसीय मान्यता जोगाइराख्न सक्ने भन्दै त्यसका लागि क्यानले समेत पहल गरिरहेको छ ।

यहीबीचमा उच्च अदालत पाटनको आदेशको प्रतिबन्धात्मक आदेशका कारण देश छाड्ने नपाउने अवस्थामा रहेका सन्दीप उक्त प्रतिबन्धात्मक बुँदा सच्चाउन माग गर्दै सर्वोच्चमा निवेदन लिएर पुगेका हुन् । 

थप