कात्तिक १४, काठमाडौँ । साफ वुमन्स
च्याम्पियनसिपको आज भएको फाइनल खेलमा नेपाल पराजित भएको छ । फेरि एक पटक नेपाल उपविजेतामा
सिमित हुन पुगेको हो ।
घरेलु
मैदानमा भएको आजको फाइनल खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ ले हराउँदै लगातार
दोस्रो पटक उपाधि जित्दा नेपालको भने उपाधी चुम्ने सपना सपनामै सिमित हुन पुग्यो ।
काठमाडौँको
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशले गरेको २ गोलको जवाफमा
नेपालकी अमिशा कार्कीले ५६ औं मिनेटमा गोल फर्काएकी थीइन तर सो गोल जितको लागि
पर्याप्त हुन भने सकेन ।
- न्युज बहार संवाददाता