Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आईपिएलको ६६ औं खेलमा राजस्थान रोयल्स विजयी, पञ्जाब किंग्स प्लेअफको दौडवाट बाहिर।

  •   ३ वर्ष अघि | ६ जेष्ठ २०८०, शनिबार

जेठ ६, काठमाडौँ। आईपिएल - इण्डियन प्रिमिएर लिगमा हिजो राती भएको ६६ औं खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ। यस जित सँगै राजस्थान रोयल्सले प्लेअफ दौडमा आफ्नो आशा जीवित राखेको छ भने पञ्जाब किंग्स प्लेअफको दौडबाट बाहिर निस्किएको छ।

हिजो राती धर्मशाला मैदानमा राजस्थान रोयल्सले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । यता पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाउन सफल भएको थियो। जवाफमा राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर १८८ रनको लक्ष्य पुरा गरेको हो ।

यो जितसँगै राजस्थान तालिकाको पाँचौँ स्थानमा पुगेको छ । लिग अन्तर्गतको सबै खेल खेलेपछि उसको खातामा १४ अंक छ । अब राजस्थानले प्लेअफमा प्रवेश गर्नको लागी मुम्बईको हार र बेंगलुरुको ठूलो हारको लागि प्रार्थना गर्नुपर्ने हुन्छ।

  • न्युज बहार संवाददाता

थप