बैशाख १५, काठमाडौं । आईपीए - इन्डियन प्रिमियर लिग २०२३ हिजो राती भएको खेलमा चेन्नाई सुपर किंग्सलाई राजस्थान रोयल्सले ३२ रनले हराएको छ ।
पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा २०२ रनको योगफल तयार पारेको थियो । चेन्नाईले जितका लागि २०३ रनको लक्ष्य पछ्याएको थियो तर ६ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सफल भयो ।
हिजोरातीको खेलमा जितसँगै राजस्थान अंक तालिकाको पहिलो स्थानमा उक्लीएको छ भने चेन्नाई पहिलो स्थानबाट तेस्रो स्थानमा पुगेको छ ।
- न्युज बहार संवाददाता