वैशाख १, काठमाडौँ । आईपीएल - इण्डियन प्रिमियर लिग २०२३को बिहीबार राती भएको खेलमा पञ्जाब किंग्सलाई साविक विजेता गुजरात टाइटन्सले ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
आईपीएलको यस सिजन तेस्रो जितपछि गुजरात तेस्रो स्थानमा रहेको छ भने यता राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स दुबैको समान अंक भए पनि रनरेटका आधारमा गुजरात पछि परेको छ ।
पञ्जाब किंग्सले दिएको १५४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरको हो।
- न्युज बहार संवाददाता