Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु

  •   ३ वर्ष अघि | ५ पुस २०८०, बिहिबार

पुस ५, काठमाडौँ । आजदेखि काठमाडौँमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद (राखेप) को वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)ले टी२० ढाँचामा हुने खेलको व्यवस्थापन गरेको छ ।

प्रतियोगिता १४ दिनसम्म चल्नेछ । यस  प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी रहेका छन । यस  प्रतियोगिताका सबै खेलहरु मूलपानी र कीर्तिपुर र मैदानमा हुनेछन् ।

प्रतियोगिताको पहिलो दिन आज चार खेल हुँदैछन् । टीयू मैदानमा बागमती प्रदेश र मधेश प्रदेशबीच उद्घाटन खेल हुनेछ । यो खेल बिहिबार बिहान साढे ९ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी मैदानमा एपीएफ र सुदूरपश्चिमबीच खेल हुनेछ ।

त्यसैगरी दिउँसो सवा १ बजे त्रिवि मैदानमा गण्डकी र लुम्बिनीबीच खेल हुनेछ भने सोही समयमा मूलपानी मैदानमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच खेल हुनेछ ।

  • न्युज बहार संवाददाता

थप