फागुन २९, काठमाडौँ। त्रिवि क्रिकेट मैदानमा नेपाल लिग–२ को पछिल्लो ६ खेलयता अपराजित रहेको छ। आज हुदै गरेको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र पपुवा न्युगिनीको खेलमा नेपालले पिएनजीलाई ९५ रनमा अलआउट गरेको छ। यो सगै नेपालले खेल जित्नको लागी ९६ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित
त्रिवि मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। ३२ ओभरमा ९५ रन बनाएर
पहिले ब्याटिङ गरेको पिएनजी अलआउट भएको छ।
खराब
सुरूआत गरेको पिएनजीले १४ ओभरमा ४९ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो।
आजको
खेलमा नेपालका तर्फबाट सन्दीप लामिछानेले पाँच विकेट लिए। सन्दीपले अन्तिम विकेटको रुपमा सेमो
कामिआलाई शून्यमा बोल्ड गरे। उनले १० ओभरमा १ मेडन राख्दा २५ रन
खर्चिएका थिए। यस्तै कुशल मल्ल र ललित राजवंशीले २-२ विकेट लिए। सोमपाल कामीले १
विकेट हात पारे।
- न्युज बहार संवाददाता