माघ २५, काठमाडौँ । पाकिस्तानको फुटबल पुन:
निलम्बनमा परेको छ । तत्काल लागू हुने गरी अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय
(फिफा)ले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएप) लाई निलम्बन गर्ने निर्णय गरेको हो ।
फिफाका अनुसार
पीएफएको संशोधित विधान लागू गर्न असफल भएको कारणले गर्दा पीएफएफलाई तत्कालै लागू
हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो । पीएफएफको निलम्बन पाकिस्तानको फुटबल
सामान्य अवस्थामा नफर्केसम्म कायम रहनेछ ।
- न्युज बहार संवाददाता