पुस १, काठमाडौँ । दशरथ रंगशालमा भइरहेको
नेपाल सुपर लिग (एनएसएल) २०२३ त्रिभुवन विश्वविद्यालय (त्रिवि)को दीक्षान्त
समारोहका कारण प्रभावित भएको छ ।
पुस १ र २ गते रंगशालामा त्रिविको दीक्षान्त समारोहका लागि
माग भएकोले एनएसएलको खेल तालिका प्रभावित हुने भएको हो ।
एनएसएलको
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले रंगशालामा त्रिविको कार्यक्रम
हुने भएपछि दुई दिनको खेल तालिका परिवर्तन भएको जनाएको छ ।
आयोजकका
अनुसार एनएसएल अवधिभरका लागि दशरथ रंगशाल बुक गरिएको तर त्रिभुवन विश्वविद्यालयको
आग्रहलाई स्वीकार गर्दै खेल तालिका परिवर्तन गरेको छ ।
आज १ पुसमा
तय भएको खेल पछि सारेको र आज कुनै खेल नहुने आयोजकले जनाएको छ भने आज हुने भनेको
काठमाडौँ रेजर्स र धनगढी एफसीबीचको खेल सोमबार साँझ ६ बजेका लागि सारिएको छ ।
- न्युज बहार संवाददाता