Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दबाबका बिच पीएनजी माथि नेपालको जित।

सन्दीप लामिछानेले करियरकै उत्कृष्ट ब्याटिङ गरेका छन।

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

फागुन १९, काठमाडौँ। नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा  आज पपुवा न्युगिनी (पीएनजी) माथि दबाबका बाबजुद जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज शुक्रबार भएको खेलमा नेपालले पीएनजीलाई ३ विकेटले हराएको हो। 

पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याउँदै दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो। आसिफ शेखले नेपालका लाग नट आउट ८६ रनको अर्धशतकीय ठुलो पारी खेलेका हुन। १३० बल खेलेका उनले २ चौका र १ छक्का हानेका थिए। 

त्यस्तै आजको खेलमा नेपालका लागि बलर सन्दीप लामिछानेले करियरकै उत्कृष्ट ब्याटिङ गरेका छन। उनले ५० बल खेल्दै ३ चौकाको सहयोगमा ३५ रन बनाएका हुन। एकदिवसीय क्रिकेटमा सन्दीपले सबै भन्दा बढी रन बनाएको यही पहिलो पटक हो। उनले ३५ रन नेपालको जितमा जोडेका छन। त्यस्तै नेपालका लागि कुशल मल्लले २३ रन बनाउँदा अन्य ब्याट म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

  • न्युज बहार संवाददाता

थप