फागुन ६,
काठमाडौँ । शनिबार आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल ३ विकेटले विजयी भएको छ ।
ज्ञानेन्द्र मल्ल र आशिफ शेखको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक
अर्धशतकको मद्दतमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको हो ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया,नेपाल र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा
नेपालले लगातार तेस्रो खेलमा जित हात पारेको छ।
नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई २ विकेट र दोस्रो खेलमा
स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो।