चैत २, काठमाडौँ। बिशाल
लक्ष्य पछ्याएको नेपालले इतिहास रचेको छ। आज भएको आईसीसी विश्वकप लीग-२ को अन्तिम
खेलमा युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ।
यो जित सँगै नेपालले अब विश्वकप
क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको छ।
नेपाले अन्तिम अन्तिमको ४३ औँ ओभरमा ६ रन र ४४ ओभरमा ८ रन जोड्दा ६ विकेट
गुमाईसकेको थियो। त्यतिबेला त्रिवि मैदानमा खेल खेल्न पुग्ने प्रकाशको कमि भयो आवश्यक प्रकाश नहुँदा अम्पायरले
खेल रोके। यस रोकिएको खेलको फाईदा नेपाललाई भयो र आजको किर्तिमानी खेलमा नेपालले
डिएल मेथडबाट ९ रनले जित हासिल गर्न सफल भयो।
मेथड जुन सुकै
भएपनि नेपालले जित हाँसिल गरेको छ र अब विश्वकप क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको छ यस जितको लागी
न्युज बहारको तर्फवाट नेपाली टिमलाई धेरै धेरै बधाई र शुभकामना ।
- न्युज बहार संवाददाता