असार ९, काठमाडौँ । आज आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा नेपालले नेदरल्याण्ड्ससँग खेल्ने छ। विश्वकप क्रिकेट छनोटमा यो नेपालको चौथो खेल हो र आजको यो खेल नेपालले जित्नै पर्ने दबाबका साथ खेल्नेछ।
आज दिउँसो १२: ४५ बजे जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।
यसअघिको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्ने हुन्छ । नेपालले यसअघि भएका तीन खेल मध्ये एक खेल मात्रै जितेको छ भने यो खेलमा पनि पराजित भए नेपाल समूह चरणबाटै पराजित हुने छ ।
- न्युज बहार संवाददाता