जेठ ४, काठमाडौँ । नेपालले अमेरिका र क्यानडासँग आईसीसी टी-२० विश्वकप वार्मअप खेल खेल्ने भएको छ ।
आईसीसीले
विश्वकप अघि प्रदान गर्ने दुई वार्मअप खेल तय भएका हुन् । आईसीसीका अनुसार नेपालले
२७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ ।
आगामी
जुन १ देखि २९ सम्म आईसीसी टी–२० विश्वकप क्रिकेट अमेरिका र वेष्टइण्डिजमा आयोजना हुँदैछ ।
नेपालसहित २० राष्ट्र टी–२०
विश्वकपमा सहभागी रहेका छन् । चार समूहमा ५–५ टोली छन् भने सुपर–८ मा हरेक समूहका शीर्ष दुई
टोली पुग्नेछन् ।
त्यसैगरी
सुपर ८ मा दुई समूह हुनेछन् र हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ ।
- न्युज बहार संवाददाता