मंसिर ३, काठमाडौँ । नेपालले हङकङमा जारी महिला टी-२० सिरिजमा तेस्रो स्थान हात पारेको छ।
आइतबार बिहान नेपाल चार देश सम्मिलित महिला टी-२० मा जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो।
नेपालले हङकङ क्रिकेट क्लबको मैदानमा दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ७० रन मात्रै बनाउन सकेको थियो ।
- न्युज बहार संवाददाता