असार ७ काठमाडौँ । आज भएको आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले वेष्ट इण्डिजविरुद्धको खेलमा हारको सामना गरेको छ। नेपालले फिल्डिङका केही चुक्दा फराकिलो हार व्यहोरेको छ ।
नेपाल दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट वेष्ट इण्डिजसँग १०१ रनले पराजित भएको हो ।
जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा बनाउँदा अल आउट हुन पुग्यो ।
- न्युज बहार संवाददाता